दफा ६७
सार्वजनिक स्थानमा आवागमनमा बाधा गर्न नहुने

(१) कसैले सार्वजनिक सडक, बाटो घाटो, रज्जुमार्ग, केवुलकार मार्ग, विमानस्थल, रेल्वे वा जलपरिवहन मार्ग वा हुलाकर कुनै सार्वजनिक सेवाको सञ्चालनमा कुनै किसिमको डर, त्रास, भय देखाई बन्द गर्न वा कुनै किसिमबाट सार्वजनिकसडक, बाटोघाटो, रज्जुमार्ग, केवुलकार मार्ग, विमानस्थल, रेल्वे वा जलपरिवहन मार्ग अवरुद्ध गरी पैदल यात्री,सवारी साधन वा पशुको आवागमनलाई बाधा पु¥याउन वा कानून बमोजिम अधिकार प्राप्त अधिकारीको आदेशले बाहेकसार्वजनिक ठाउँमा कसैलाई प्रवेश गर्न कुनै किसिमले बाधा, अवरोध गर्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँँसम्म जरिबाना वादुवै सजाय हुनेछ ।